मिस टिन कृष्टिनासँग हरिहरको जोडी बाँध्दै ‘शुभलभ’को घोषणा

मिस टिन कृष्टिना पौडेलसँग ज्योतिष हरिहर अधिकारीको जोडी बाँधेर ‘शुभलभ’ फिल्मको घोषणा गरिएको छ। ‘शुभलभ’ पौडेल र अधिकारीको डेब्यू सिनेमा हुनेछ।

फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गर्नेछन्। उनले यसअघि ‘नारी’ नामक फिल्मको निर्माण तथा निर्देशन गरेका थिए।

चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयको प्रस्तुति रहने सिनेमाका निर्माता धर्मराज शर्मा सुवेदी हुन्।

‘शुभलभ’मा हरीहर र कृष्टिनाका अलवा सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झा, प्रदिप वास्तोला लगायतका कलाकारको अभिनय रहने छ ।

सिनेमाको काठमाडौं, पोखरा, अन्नपुर्ण बेस क्याम्प, इलाम लगायतका सुन्दर ठाउँमा छायांकन गरिने सिनेमाको एउटा गीतको दुवई तथा ब्याङकक्मा छायांकन गरिने निर्माण टिमले बताएको छ ।

निर्माण पक्षले फिल्म चैत १५ गते रिलिज हुने जानकारी दिएको छ।

सिनेमामा अर्जुन पोखरेलको संगीत, राशन विक्रम भट्टराईको द्धन्द्ध, रामेश्वर कार्कीको छायाँकन हरीहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, रामजी लामिछानेको कोरियोग्राफी सिनेमामा रहने छ ।