मलद्वारमा लुकाई ल्याएको करिब डेढ करोड बराबरको सुन बरामद

बैंककबाट काठमाडौं आएका दुई जना भारतीय नागरिकको मलद्वारमा लुकाई ल्याएको अवस्थामा प्रहरीले सुन बरामद गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले भारतीय नारिक इमरन र अरीफ अलीको साथबाट आठ थान सुन बरामद गरेको थियो । दुई हजार ६७० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

हिजो दिउँसो बैंककबाट थाई एयरको विमान हुँदै काठमाडौं आएका इमरन र अलीको साथबाट सुन बरामद भएको हो । इमरनको साथबाट तीन थान र अलीको साथबाट पाँच थान बरामद भएको थियो । उनीहरुले मलद्वारमा सुन लुकाई ल्याएको प्रहरीले जनाएको छ ।

भन्सार छलेर लुकाई लैजान लागेको अवस्थामा प्रहरी पक्राउ गरी आवश्यक कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाएको एसपी दिनेश राज मैनालीले जानकारी दिनुभयो ।